सरकारद्वारा विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । त्यसैगरी लकडाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५ प्रतिशत छुट दिन सरकारले टेलिकम सेवा प्रदायकलाई निर्देशन पनि दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्कोे बैठक पश्चात निर्णयहरु सार्वजनिक गर्दै २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको पनि जानकारी दिए । त्यस्ते सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा पनि गरेको छ ।

 
 
  
 

You may also like