२०७६ चैत १५ गते शनिबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । महिला वा मित्रबाट सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज इच्छा र आकांक्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धन खर्च बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । मान प्रतिष्ठामा बृद्धि होला । मनोरञ्जनमा सहभागी भइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मानसिक चिन्ता वढ्ने छ । साँझमा अधिक पैसा खर्च हुने योग छ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । व्यवसायमा नोक्सान हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । विशिष्ट व्यक्तिको सहयोग पाईने छ । शैक्षिक क्षेत्रमा सफलता नै मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ । स्वस्थ्यमा समस्या हुनसक्छ त्यसैले संक्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभ समाचार सुन्न पाइएला । प्यारो साथीसँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । पार्टनरमा सफलता मिल्ने छ । दिन रमाइलोमा बित्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like