कोराना संक्रमित फ्रान्सबाट आएकी बिद्यार्थीसंगै गुुुुल्मी मुसिकोटका युवा काठमाडौंमै

हरि पाठक
गुल्मी । नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएकी किशोरीसँगै अाएको गुल्मी मुसिकोट १ का युवा पनि रहेको पाइएको छ।

गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतवार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएपछि उनीसँगै एउटै जहाजमा आएका १५२ यात्रुमध्ये जिल्लाको मुसिकोट नगरपालिका १ पौदीअमराईका शरद थापा रहेको र उनको नाम सुन्नमा अाउनसाथ गुल्मेली जनता झनै त्रसित हुन पुगेका थिए । उनी कतार एअरवेजको फलाइट QR ६५२ नम्बरको जहाजमार्फत कतार ट्रान्जीबाट काठमाण्डौ अाएको जनाइएको छ।उनी पहिले देखिनै काठमाडौंमा बस्दै अाएको र अहिले पनि अाफ्नै निबासमा सेल्फ क्वारेन्टाइनमा बसेको र स्वास्थ्य परिक्षण गरेको रिपोर्ट समेत लिएको साथै अहिले उनको स्वास्थ्य सामान्य(प्रतिकुल)नै रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

ती युवा अहिले आफ्नै निवास काठमाडौंमा रहेका छन् । किशोरी सँगै आएको खबर सुनेपछि गुल्मीका जनता नै थप भयभित भएको पाइएपछि थप स्पष्ट पार्न उक्त सूचना जारी गरेको प्रशासनले जनाएको छ । अहिले शरदको अबस्था समान्य रहेकोले त्यस्तो डराइहाल्ने स्थिति नभएकोले सामाजिक तथा अन्य कुनै किसिमका हल्लाबाट त्रसित नहुन समेत अाग्रह गरिएको छ।

संक्रमित किशोरी फ्रान्समा अध्ययनरत विद्यार्थी समेत रहेको उनको उपचार भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ उनको सम्पूर्ण बिबरण भने खुलाइएको छैन,अबस्थामा सुधार हुदै गईरहेको छ। १५२ जनासहित उनीहरु चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएका थिए ।

सरकारले युरोप, पश्चिम एसिया र खाडी क्षेत्रका सबै मुलुकबाट सीधा उडान र जुनसुकै मुलुकबाट ट्रान्जिट बनाई आउने सबै यात्रुलाई आगमनमा ७ चैतदेखि नै प्रतिबन्ध लगाएको थियो भने सम्पूर्ण बाह्य उडान चैत्र ९ देखि रोक लगाएको प्रधानमन्त्री केपी शर्मा वलीले देशबासीको नाममा सम्बोधन गर्दा समेत बताउनुभएको थियो।तर, त्यसपछि पनि निर्बाध रूपमा विदेशी र नेपाली नागरिक विदेशबाट आएका थिए ।

अहिले भने देशमा लकडाउनको अाबह्वान गरिएको छ।गुल्मीमा पनि बिश्वभर महामारीको रूपमा फैलिएको नोबल कोरोना भाईरस अर्थात कोभिड-19 को रोकथाम तथा नियन्त्रण र सुरक्षाका लागि स्थानीय प्रशासन सरोकारवाला निकायले उच्च सतर्कता अपनाईरहेको र सम्पूर्णमा सजगता अपनाउदै सरकारले जारी गरेको नियमलाई पूर्ण रूपमा पालना गर्न समेत अाग्रह गरिएको छ।

 
 
  
 

You may also like