घरमै बस्नुस, खानेकुराको चिन्ता गर्नु पर्दैन : मुख्यमन्त्री

बुटवल ।प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरस विरुद्धको लडाईमा सबै नागरिकले सरकारले दिएको आदेश सबैले पालना गर्न आवश्यक रहेको बताएका छन् ।

बुधवार मुख्यमन्त्री कार्यालयबाट प्रदेशवासीलाई सन्देश दिँदै उनले भने, ‘लकडाउनका सबै सेवा बन्द हुँदैनन् । खाद्यान्न स्वास्थ्य सेवा सुरक्षा सम्बन्धीसेवा जारी रहन्छन् । त्यसैले सबै नागरिकले आफ्नै सुरक्षाका लागि घरबाहिर ननिस्कनुहोस् । हामीले जनतालाई भोकै मर्न दिँदैनौ । जहाँ समस्या पर्छ । त्यहाँ प्रदेश सरकार आइपुग्छ । कोरोना विरुद्धको साझा लडाईलाई सबैले साथ दिउँ । यो अवधि लम्बिन पनि सक्छ ।’

पोखरेलले संक्रमित गाउँ र बस्तीमा जान नदिन सजकता आवश्यक रहेको बताए । सरकारी आदेश पालना सबै नागरिकले गर्न जरुरी रहेको उनको भनाइ छ । ‘बाहिरका मानिसहरुको आवतजावत रोक्न सके यो लडाई जित्न सक्छौ,’ उनले भने, ‘संयम राख्नुपर्छ । आत्मविश्वासले लडाईलाई जित्न सक्छौं । पोसिलो खानेकुरा खाने घरभित्रै बस्ने । आधिकारिक सूचना प्राप्त गरेर बसौं ।’

प्रदेशमा चार वटा कोरोना विशेष अस्पताल बनाएको मुख्यमन्त्रीले बताए । उनले रुपन्देहीमा बुटवलको लुुम्बिनी प्रादेशिक अञ्चल र धागो कारखानामा अस्थायी कोरोना अस्पतालमा उपचार हुने बताए । त्यस्तै भैरहवाको भीम अस्पताललाई कोरोना विशेष अस्पतलाको विकास गरिएको छ । त्यस्तैगरी दाडको बेलझुण्डीमा र अको बाँकेको क्यान्सर अस्पालललाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउने उनेका भनाइ छ । कोरोना विशेष अस्पतालको हेर्नको लागि प्रदेशमा मन्त्रीहरुलाई खटाइएको छ ।

‘प्रत्येक ठाउँमा आइसियुको रुपमा विकास गर्न दुई दुई करोड रुपैया उपलब्ध गराइएको र अस्पताल सञ्चालन गर्न कुनै कसर बाँकी नरहेको उनले बताएका छन् ।

‘प्रदेशले कोष बनाएको छ । जसमा १० करोड र मन्त्रीको एक महिनाको तलब र सांसदहरुको १५ दिनको तलब कोषमा जम्मा गर्ने भएको छ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘अन्य प्रदेशका संघ संस्थाले सहयोग गर्न सक्नेछन । यो लडाइमा नगरिकको साथ र सहयोग चाहिन्छ । गाउँपालिकाले २५ शैया, नगरपालिकाले ५० र उपमहानगरले १ सय बेडको क्वारेण्टाइन बनाउन भनेका छौ । विदेशबाट आएकाहरु होम क्वारेन्टाइनमा बस्नुपर्छ । टोलका बासिन्दा टोलमै बसौ । आफ्नो टोलका आवश्यक कामबाहेक बाहिर नजाऔ ।

 
 
  
 

You may also like