अमेरिकामा बुलेट रेलको गतिमा कोरोना संक्रमण, न्यूयोर्कमा मात्र दुई सयको मृत्यु

अमेरिका। कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको न्यूयोर्क शहरमा मात्रै दुई सय जनाको ज्यान गएको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रयु कुआमोले अहिले त्यहाँ दु्रत गतिको रेलझैं कोरोना फैलिइरहेको बताएका छन् । न्यूयोर्क अमेरिकाको सबैभन्दा बढी मानिस बसोबास रहेको शहर हो । यो शहर अमेरिकामा कोरोना भाइरसको केन्द्र नै बनेको छ ।

न्यूयोर्कमा अहिलेसम्म २५ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । अमेरिकामा अहिलेसम्म कोराना संक्रमणका कारण ७५५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ थप २२२ जनाले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्याका हिसाबले अमेरिका तेस्रो बढी प्रभावित मुलुक बनेको छ । त्यहाँ अहिलेसम्म ५४, ८०८ जना संक्रमित भेटिएका छन् ।

 

 
 
  
 

You may also like