नेपालगञ्जमा क्वारेन्टाइन तोडफोड गरी फरार ११ जना फेला

जाजरकोट। नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमबार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा पुगेको पाइएको छ ।

जिल्लाको भेरी नगरपालिका–११ मा ११ जना बेलुकी राति पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नगर प्रमुख घर्तीका अनुसार भागेर आउनेमा भेरी –११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लीले खड्का, परवीर महतारालगायत छन् ।

उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए । भेरी नगरपालिका बाहेक शिवालय जुनिचाँदेमा समेत उनीहरुमध्ये प्रवेश गरेको आशङ्का गरिएको छ ।

जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्वारेन्टाइनमा राख्नका लागि चाँजोपाँजो भएको छ ।

 

 
 
  
 

You may also like