बुटवलमा लकडाउन अवज्ञा गर्ने दुई जना पक्राउ

बुटवल । सरकारले जारी गरेको लकडाउनको सूचना अवज्ञा गरी बजारमा होहल्ला गर्दै हिँड्ने दुई जनालाई बुटवलमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरूलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा होहल्ला गर्दै जथाभावी हिँड्ने बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।

प्रहरीले उनीहरूले प्रयोग गरेको लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ।

 
 
  
 

You may also like