कोरोनामा मेरो दृष्टि,अलमल अन्य कुरामा

हरि पाठक क्षेत्री

गुल्मी । गुल्मीको सरमुकाम तम्घास ,प्ररदेश ५को अस्थायी राजधानी वुटवल देशकैै मुटु काठमाडौंं लगायत अन्य अधिकांश रोजगारको शिलशिलामा अन्य देशमा पुगेकाहरू,पठनपाठन, जागिरेवाला लगायत सर्वसाधारणहरूको यतिबेला गाउँ फर्किने संख्या दिन प्रतिदिन बढ्न थालेको छ । बिश्वव्यापि रुपमा फैलिएको कोराना भाइरसको संक्रामणबाट धेरैको ज्यान गएको र अाक्रमणबाट प्रभावित भएका समाचार दिन प्रतिदिन आईरहदा र सामाजिक सञ्जालमा नकारात्मक भ्रमात्मक पोष्टहरूले छाइरहदा जनता त्रसित भएर अाफ्ना कार्यक्षेत्रदेखि गाउँ घरमा जाने मानिसको संख्या बढ्दो क्रममा देखिएका हो । प्रधानमन्त्री केपी शर्मा वलीले देशवासीको नाममा यही चैत ७ गते शुक्रबार बेलुकी सम्बोधन तथा सरकारको निर्णयबाट भएको शैक्षिक सस्था बन्द,लामो दुरीमा चल्ने सार्वजनिक यातयातका साधनहरु बन्द गर्ने भन्ने सुन्न बेर गाउँ फर्कने मानिसहरुको घुइँचो संगै दशैतिहारमा जस्तो टिकट लिनेको संख्या बढ्न थालेको छ । पहिले शहर रमाइलो अहिले चाडपर्व जस्तो गाउँ रमाइलो बन्न थालेको हो।रमाइलो उस्तै होला उस्तै पीडा छ के हुने हो घर खर्च कसरी चलाउने हो ठूलो पिर अाफ्नो नोकरी अनि नोवेल कोरोना भाइरस(कोभिड-19) को छ।हजारौंको ठाउको ठाउँ अाखै अगाडि ज्यान गइसक्यो अझै कतिको जाने हो,सायद जनताले यो भन्दा बढी र अरू केही सोचेका छैन्न होला।

बिश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सबै काम बन्द भएको सुनाउदै आफू पनि गाउँ फर्किएको भारतमा रोजगार गर्दै अाएका मेरो गाउकै छिमेकि दाइले सुनाउनुभयो,त्यस्तै म संगै खेलेपढेका साथीहरू उच्च शिक्षा लिन वुटवल काठमाण्डौ पुगेका उनिहरूले कलेजहरू बन्द भए चैत्रमसान्तसम्म अनि किन बस्ने महङ्गाइको खाना खाएर अनि गर्नु नै के छ र बरू गाउघरमै अाए गन्द्रुक ढिडो त खाना पाइएला यस्तै सुनाउछन्।उता ड्राइभर भएका दाइभाइले पनि घरको अाडैमा सबारी साधन रोकी अब गरि खाने के भनेर कहिले रिजर्भ अाउला भन्न थालेको छन्।

कोरोनाबाट बच्नको लागि जिल्लाका स्थानिय तहहरुले बजारमा माक्स अभाब देखिएकाले माक्स उत्पादन , नागरिकमा सचेतना दिनुका साथै हेल्प डेक्स पनि सन्चालन लगाय क्षेत्रमा बिशेष रणनिति अपनाउन थालेका छन् त, कतिपय ठाउँमा बल्ल लिदै छ्न ।कतिपय वडापालिकालाई चासो नै छैन जस्तो गरि २/४ वटा सचेतनाका पोष्टरुसूचना कार्यालय वरिपरि टासेर पनि भयो होला कतिलाई के गर्ने कसो गर्ने हतार र हतास भको होला सायद यो अनुमान अाकलन गर्दा मेल नखाने कुरै छैन

कोरोनाको सन्त्रासकै कारण चहलपहलमा शहर घट्यो गाउँघर बढेको देख्न सकिन्छ ।अात्तिनु हुदैन अात्तिए त्यसै अाए जस्तो हुन्छ सबैले जान्नु पर्ने कुरा अनि सधै साबुन पानीले हात धोअौं,सम्भब भए मास्क स्यानिटाइजरको प्रयोग गरौ,र घरबाट अत्यावश्यक कामबाहेको ननिस्कनु यो अाग्रह छ सबैमा।

गुल्मीमा कोरोना भाइरस भित्रीन नदिनको लागि सचेतना जगाउदै छन् तर कालोबजारी नियन्त्रणमा भने खासै प्रभाबकारी भूमिका खेलेको देखिदैन योो कुरामा कस्को अाखा जाने,ध्यान पुग्ने?

अाखिर कस्लाई फाइदा कस्लाई मर्का:जनतानै छन चारैदिशाबाट घाटामा उनको पढाइ बन्द,नोकरीबन्द,अावतजावतमा सास्ती बढी भाडा शूल्क त्यही पनि नपाइने,सरकार सरकार भनेर पनि कति भन्नू सरकारले त लागि परेको देखाउदै अाईरहेको छ,तर ब्यबहारिक्ता कस्ले देखाएन,के भनौ लुटेर खान बानी लागेका ब्यपारी अन्य यही भनेर चित्त बुझाउछु,अाखिर यी कुरा पनि कर्कभूमीमा जान नपाएर र उपचार गराउन नपाएर नै हो पुग्यो पहिला भाइ,स सक्रमणबाट त जोगिनु पर्यो अरू त बाचे फेरि अाउलान अाशै गरौ सचेत बनौ भन्दै अन्त्यमा गाउफर्क अभियान जस्तै अाभाष भयो कर्म भूमीबाट जन्म भूमिमा फर्कनेको लर्को देखेर तर यस्तो संकटमा गर्छन लघुबित्तीय संस्थाहरू किन अालटाल गरि समूह जम्मा गर्दै ५५/६० का संख्यामा के सरकारले नभनेर हो? भन्ने पनि कती हामी अफै सबै कुरामा सचेत बनौ यस्तो भिडभाडजन्य कार्य गर्ने जो कोहीलाई कारबाहीको भागिदार नबनौ,अबाफ नफैलाऊ अाखिर संकट हामी देशबमसीमै पर्ने हो सन्त्रास देशबासी जनतामा पर्ने हो।

अनि खचाखच यात्रु राखेर हिड्ने,टिकट लिन सयौको संख्यामा लाइन देख्दा के हुन्छ कोरोना भन्ने प्रश्न जन्मन थाल्यो त।अहिले पनि अन्य‍ौलता छाएको छ जनतामा २५० किमीको दुरीलाई लामो दुरी र ४ घण्टा भन्दा बढी समय लाग्ने सम्मको चलाउन पाइने अर्को एक जिल्ला देखि अर्को जिल्ला अावतजाबत गर्न नपाइने भनेको छ यातयात बिभागले केहो बास्तवमा? निरन्तर हात धोअौंं साबुन पानीले,बच्चा र वृद्धसंगै खानपानमा बिशेष ख्याल राखौ अात्मबल कमजोर नपारौ केही हुदैन!

 
 
  
 

You may also like