फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली युवतीमा भेटियो कोरोना, राखियो आइसोलेसनमा

काठमाडौं। फ्रान्सबाट आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ढकालले फ्रान्सबाट आएकी एक १९ बर्षीया नेपाली विद्यार्थीमा संक्रमण कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखिएको जानकारी गराएका हुन् ।

उनलाई हाल आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी गराइएको छ । साथै उनीसँग भेटेका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी गराइएको छ ।
ती विद्यार्थी कुन विमानमार्फत कहिले नेपाल आएकी हुन भन्ने स्पष्ट पारिएको छैन ।

पत्रकार सम्मेलनमा कोभिड १९ विभिन्न रणनीति अपनाएर काम भइरहेको पनि जानकारी गराइएको छ । अन्तर्राष्ट्रिय उडान, लामो दूरीका यातायता र नाका बन्द गरेर संक्रमण फैलिन नदिन पनि आवश्यक रणनीति तय गरिएको सम्मेलनमा जानकारी गराइयो ।

 
 
  
 

You may also like