राष्ट्रिय संगीतकर्मी संघको कोरोना विरुद्ध सचेतना अभियान सुरु

काठमाडौं ।आफ्नो देशभरी लगायत बिदेसमासम्म आफ्नो संस्थाकाे संजाल भएको राष्ट्रिय संगीतकर्मी संघले कोरोना बिरुद्द राेकथाम तथा सचेतना अभियान गर्ने भएको छ।

हालै बसेको बैठकले हाललाई कोरोना विरुद्धको अभियानमा केन्दृत रहने निर्णय गरेकाे सस्थाले हाल कोरोना विरुद्धमा जनचेतना फैलाउने किसिमका विभिन्न रोगको बारेमा कसरी सर्छ के गर्ने समाधानीका उपाय कोराइनटाइनमा बस्ने तरिका लगायतका फरक फरक चार किसिमका पर्चा बनाएर विभिन्न संचार माध्यमबाट पोस्ट गर्नका साथै बितरण समेत गरेको छ।यो कार्य चैत २१ गते सम्म जारी र आबस्यक भए त्यो पछिसम्म जारी रहने भएको छ। त्यसैगरि संघका अध्यक्ष राजेन्द्र कुमार कार्की सचिबालय सदस्य राज कुमार हुमागाइ लागयतको टोलिले माननीय सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटेर कोरोना भाइरस नेपालमा आउन नदिन सबै स्रोत र साधन प्रयोग गरि लागि पर्न ध्यानाकर्षण गराइएको थियो।

उक्त अबशरमा मन्त्री भट्टराईले सरकार पुर्ण तयारीमा रहेको बताउनु भयो। सोहि अबसरमा पुर्ब कानुन न्याय तथा सम्सदिय मन्त्री तथा संघीय सम्सदका साम्सद सेर बहादुर तामाङ र मन्त्रीका प्रमुख स्वकिय सचिब प्रेम गुरागाइ लगायतको उपस्थिति रहेको थियो।तेसैगरि सस्थाका अध्यक्ष लगायतको टोलिले माननीय बालबालिका महिला तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङलाई भेटी कोरोना भाइरसबाट बढी भन्दा बढी जेष्ठ नागरिक बालबालिका अपांग र कमजोर मानसिकता भएका पीडित भएको देखिएकोले सो अनुसार नीति ल्याउन अनुरोध गरिएको थियो। सोही अबसरमा मन्त्री गुरुङले सस्थाले दिएका कतिपय सुझावलाई ग्रहण गर्दै सोही मुताबिक नीति ल्याउदै मन्त्रालयले पशुपति लगायतका वृद्धआश्रम बालबालिका केन्द्र र अपांग पुनः स्थापना केन्द्रमा माक्स सेनिटाइजर स्प्रे लागाएतका सामाग्री नि: शुल्क बितरण गरिने बताउनुभयो।

उक्त अबसरमा मन्त्रीका स्वकीय सचिबहरु महाराज गुरुङ र राजेश श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो। तेसैगरि संघका अध्यक्ष कार्कीले कोरोनाको समाधानी र आगामी तयारि सम्बन्धमा प्रदेश नम्बर ३ का सन्बन्धित मन्त्रीहरु सग कुराकानि गर्नु भएको थियो।तेसैगरि कोरोनाको विषम परिस्थितिमा पनि सस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्की लागायत नि : बर्तामान अध्यक्ष नबराज घोरासैनी प्रबक्ता होम सुवेदी उपमहासचिव गोबिन्द दुलाल केन्द्रीय सदस्य आशा लामा ललितपुर जिल्ला अध्यक्ष धनराम मुस्कान सुबाश महत दुर्ग बहादुर कार्की लगाएतले बिनय जङ्ग बस्नेतको सस्थाले बेबारिसे लास दाहसंस्कार गर्ने अभियान अन्तर्गत आर्यघाटमा सहकार्यमा सहित सहभागिता जनाउनु भएको थियो।

 
 
  
 

You may also like