कोरोना भाइरस : इटालीमा २४ घण्टामा ६ सय २७ को मृत्यु, मृतकको संख्या ४ हजार

काठमाडौं।इटालीमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ ।यो संख्या बिहिबार मृत्यु भएका भन्दा २ सयले बढी हो । यसअघि बिहिबार ४ सय २७ जनाको मृत्यु भएको थियो ।

थप ६ सय २७ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । बुधबारसम्म ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिदै आएकोमा शुक्रबारसम्म करिव ६ हजार मानिसमा नयाँ संक्रमण देखिन थालेको छ ।

शुक्रबार ५ हजार ९ सय ८६ जनामा संक्रमित फेला परेका छन् । योसँगै इटालीमा मात्रै कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ४७ हजार २१ पुगेको छ ।

उपचार गराइरहेका ३७ हजार ८ सय ३७ मध्ये २६ सय ५५ जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ लागु गरेपनि मृतकको संख्या अस्वाभाविक तवरले बढिरहेको छ ।

 
 
  
 

You may also like