नवलपरासीका एक युवकमा कोरोना संक्रमणको आशंका, काठमाडौंसम्म पुर्याउँदा पनि अस्पताले भर्ना लिएन ( भिडियो )

विकास अधिकारी

परासी । पश्चिम नवलपरासीको रामग्राम १६ हकुईका एक युवकमा कोरोना संक्रमणको आशंका गरिएको तीन दिन भईसक्दा समेत कुनै पनि अस्पतालले भर्ना लिएको छैन् । चैत्र ४ गते विरामी भएर पृथ्वी चन्द्र अस्पताल परासीमा आएका २५ वर्षिय दिनेश चौधरीलाई हाल सम्म कुनै पनि अस्पतालले भर्ना लिएको छैन ।

पृथ्वी चन्द्र अस्पतालमा आउँदा उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि थप उपचारका लागी प्रादेशिक अस्पताल बुटवल पठाईएको अस्पतालका कारोना फोकल प्रर्सन डाक्टर पवन अग्रहरीले सामुदायिक रेडियो पारसीलाई जानकारी दिनुभयो । तर चौधरीका आफन्तजनले लुम्बिनी प्रादेशिक अस्पतालले पनि भर्ना नलिएर चितवनको पुरानो मेडिकल रिफर गरिएको थियो ।

त्यी अस्पतालको रिपोर्टमा कोरोनाको आशंका भन्दै रेफर गरिएको छ । चितवनबाट काठमाडौंको कलंकी स्थीत एक अस्पतालमा पुगे पनि कुनै पनि अस्पताले उपचार नगरेपछि फेरि क्रिमशन अस्पताल मणिग्राम ल्याईएको र उक्त अस्पताले पनि भर्ना नलिएपछि देवदह मेडिकल कलेजमा लगिएको र त्यहाँ पनि उपचार गर्न चासो नदिएपछि बिहिवार पुनः पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याईएको चौधरीकि श्रमतीले बिहिवार अस्पतालले उपचार गर्न नमाने पछि आफन्तजनले आक्रोश व्यक्त गरेका छन् ।

अस्पतालका कोरोना फोकल प्रर्सन डाक्टर अग्रहरीले अस्पतामा आईलोसन वार्डका नाममा बेडहरु मात्रै रहेको तर कुनै पनि सुरक्षाका सामाग्री नभएकाले भर्ना गर्न नसकिने बताउनुभयो । डाक्टर अग्रहरीका अनुसार त्यी युवकमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र खोकि पनि रहेको छ । चौधरी ट्रक चालक रहेको र उनि भारत तर्फ पनि आवातजवात गर्ने गरेको बताईएको छ । बिहिवार पुनः परासी ल्याएपछि बिरामिको नजिक जान समेत डराउने अवस्था सृजना भएको थियो ।

बिरामिकि श्रमितीले पनि उपचार गर्न लगेपनि सबै अस्पताले रेफर मात्रै गरेको बताउनुभयो ।
संक्रमणको आशंका देखिएपछि देशका ठुला–ठुला अस्पतालमा घुमाउँदा पनि बिरामिको सहि उपचार नहुनु दुखद विषय भएको बिरामिका छिमेकि सुग्रिव बाँनियाले गुनासो गर्नुभयो ।श्रोत : रडियो परासी 

( भिडियो )

 

 
 
  
 

You may also like