पानी पर्ने छैन सम्भावना, गर्मी बढने

काठमाडौं । नेपालमा अहिले पानी पार्ने कुनै प्रणाली सक्रिय नरहेको मौसमविदले बताएका छन् । उनीहरुले अब बिस्तारै गर्मी बढ्दै जाने जानकारी दिएका छन् । तत्काल पानी पार्ने कुनै प्रणाली सक्रिय नदेखिएकाले अब अधिकतमसँगै न्यूनतम तापक्रम बढ्दै जाने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम भने आशिंक बदली हुने उनले बताइन् । यस्तै प्रिमनसुनी समय भएकाले दिउँसोपछि सामान्य हावाहुरी पनि चल्ने उनको भनाइ छ ।

बिहान मौसम खुले पनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु प्रिमनसुनको विशेषता हो । तर अबको केही दिन पानी भर्ने पर्ने सम्भावना नरहेको मौसमविद् नगरकोटीको अनुमान छ ।

 
 
  
 

You may also like