काठमाडौंमा कुकुर आतंक : एउटै गल्लीमा ५० जनालाई टोक्यो

काठमाडौं । काठमाडौं महानगरपालिका पुतलीसडक छेउमा रहेको न्यूप्लाजाको देवी गल्लीमा भुस्याहा कुकुरको आतंक देखिएको छ ।

उक्त गल्लीमा करिब १५ वटा कुकुर एकै ठाउँमा बस्ने गर्छन र त्यो गल्ली भएर हिंड्ने प्रायः नयाँ मान्छेलाई झम्टने गर्छन् ।

प्रायः विहान बेलुका मानिसहरुमाथि जाइलाग्ने ती कुकुरहरुले हालसम्म करिब ५० जनालाई टोकिसकेको स्थानीय शान्तराम भट्टराई बताउँछन् ।

‘हामीले यी कुकुरले गर्दा निकै सास्ती पाएका छौं’, उनी भन्छन्, ‘रातभरि पनि भुकेर सुत्न दिंदैन, दिनमा टोकेर हैरान पारिसके ।’ नपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like