पश्चिम नेपाल बस ब्यवसायीले कोरोनाको न्यूनीकरण गर्न यात्रुलाई तापक्रम जाच्ने

बुटवल। कोरोना भाइरसको न्युनिकरण गर्नको लागि पच्चिम नेपाल बस व्यवसायी प्रा. लि आफु मातहतका सवारी साधनहरुमा यात्रा गर्नु अघि तापक्रम नापेर मात्र यात्रा गर्ने ब्यवस्था मिलाउने भएको छ । विश्वको १५२ ओटा देशहरुमा महामारीको रुपमा फैलिदै गएको कोरेना भाइरसको न्यूनीकरण गर्नको लागि यस्तो व्यावस्था गरेको हो।

नेपालमा कोरोना भाइरसको प्रकोप फैलिन नदिन भन्दै प्रालिका रुपन्देही र कपिलवस्तुका भारतीय सिमासंग जोडीएका नाकाहरुबाट गन्तब्य पुग्ने बस तथा बुटवल र यस आसपासबाट चल्ने बसहरुमा यात्रा गर्दा तापक्रम जांचेर मात्र यात्रा गर्नुपर्ने ब्यवस्था मिलाईएको बस समितीले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

बस ब्यवसायी प्रालिले रुपन्देहीको बेलहिया, कृष्णनगर, महेशपुर जस्ता भारतीय नाकाबाट भिभिन्न गन्तब्यमा पुग्ने बसमा यात्रा गर्दा अनिवार्य तापक्रम नाप्नु पर्ने ब्यवस्था गरेको छ भने बुटवल, तानसेन, गुल्मी र अर्घाखांचीबाट छुट्ने प्रालि अन्तर्गतका बसमा यात्रा गर्दा पनि अनिवार्य तापक्रम नाप्ने ब्यवस्था गरेको छ ।

ब्यवसायीको आफ्नै स्वास्थ्यकर्मी र तालिम प्राप्त कर्मचारीले बस चढ्नु अघि डिजिटल उपकरणबाट तापक्रम नापेर यात्रा गराउने ब्यवस्था मिलाईएको प्रालिले जनाएको छ । यात्रा गरिरहेका यात्रुहरुले भय रहित वाताबरणमा यात्रा गरेको अनुभुती दिलाउन तापक्रम मापनको ब्यवस्था गरिएको प्रालिका अध्यक्ष दधीराम खरेलले बताउनुभयो ।

१५ थान उपकरण सहित प्रालिका काउण्टरहरुमा तालिम प्राप्त कर्मचारी परिचालन गरिएको तथा तापक्रम उच्च भएका नागरिकलाई नजिकको स्वास्थ्य संस्थाहरु सम्म पु¥याउने प्रबन्ध समेत प्रालिले नै गर्ने अध्यक्ष खरेलले बताउनुभयो ।

उच्च तापक्रम भएका यात्रुहरुलाई आवश्यक परे सुबिधा सम्पन्न अस्पताल सम्म पु¥याउन समेत प्रालि तयार रहेको उहांले बताउनुभयो । कार्यक्रममा सहभागिहरुले बसको सरसफाई तथा बस चढ्नु अघि अल्कोहल सेनालाईजरले हात सफा गर्ने ब्यवस्था गर्न प्रालिलाई सुझाव दिएका थिए ।

प्रदेश ५ को राजधानी बुटवललाई केन्द्र बिन्दु बनाएर संचालनमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि अन्तर्गत २ हजार ५ सय बढी बसहरुले यात्रुहरुलाई सेवा दिईरहेको प्रालिले दाबी गरेको छ ।

 
 
  
 

You may also like