चीनबाट फैलिएको कोरोनाले विश्व आक्रान्त, विश्वव्यापी महामारीको केन्द्रबिन्दु युरोप

काठमाडौं । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड– १९ विश्वव्यापी महामारीको ‘केन्द्रबिन्दु’ अब युरोप भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारकिो केन्द्रविन्दु अब युरोप बनेको अपौचारिक रुपमा घोषणा गरेको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले चीनमा कोरोनाको प्रभाव घट्दै गएको र युरोप महामारीको केन्द्रबिन्दु भएको बताए । उनले भने, ‘युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ । चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ ।’

टेडरोसले युरोपेली राष्ट्रहरुलाई शनिबार कोरोना भाइरस नियन्त्रण गर्न प्रभावकारी उपायहरु अपनाउन र समुदायमा कोरोनाविरुद्ध जनशक्ति प्रयोग गर्न आग्रह गरेका छन् ।
उनले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन् । भनेका छन्, ‘यो आगोलाई बल्न नदिऊँ ।’ थुप्रै युरोपेली देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उलेख्य वृद्धि भएको छ ।

इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका १२३ वटा देशमा १३२,५०० भन्दा बढी मानिसमा कोरोनाभाइरस देखिएको छ । मृत्यु हुने मानिसको सङ्ख्या झन्डै ५,००० पुगेको छ ।

कोरोनाबाट प्रभावित युरोपेली राष्ट्रहरु सूची
इटलीः १७ हजार ६६० संक्रमित, १२ सय ६६ को मृत्यु
स्पेनः ५ हजार २३२ संक्रमित, १३३ को मृत्यु
जर्मनीः ३ हजार ६७५ संक्रमित, ८ को मृत्यु
फ्रान्सः ३ हजार ६६१ संक्रमित, ७९ को मृत्यु
स्वीजरल्यान्डः १ हजार १३९ संक्रमित, ११ को मृत्यु
नर्वेः ९९६ संक्रमित, एकको मृत्यु
स्वीडेनः ८१४ संक्रमित, एकको मृत्यु
नेदरल्यान्ड्सः ८०४ संक्रमित, १० को मृत्यु
बेलायतः ७९८ संक्रमित, ११ को मृत्यु
रोकथामा लागि कुन राष्ट्रले के गदैछ ?

डेनमार्कः शनिबारदेखि विदेशीहरूका लागि सीमा बन्द
चेक गणतन्त्रः अरूलाई मुलुक प्रवेशमा रोक, देशकै नागरिकलाई विदेश जानमा रोक
स्लोभाकियाः बसोबासको अनुमति भएकाबाहेक सबै विदेशीलाई मुलुक प्रवेशमा रोक
अस्ट्रियाः पछिल्लो चार दिनको स्वास्थ्यसम्बन्धी प्रमाणपत्र भएकाबाहेक सबै विदेशीलाई
इटली हुँदै प्रवेश गरिने तीनवटा नाका बन्द, तर आफ्ना देशका नागरिकलाई खुला
युक्रेनः कूटनीतिज्ञबाहेक सबै विदेशीलाई सबै स्थलनाका दुई हप्ताका लागि बन्द
हङ्गेरीः अस्ट्रिया र स्लोभिनियासँगका सीमा बन्द
पोल्यान्डः आइतवारदेखि सबै विदेशीका लागि सीमा बन्द

 
 
  
 

You may also like