नेपाली काग्रेस रुपन्देही दलित बिभागमा : रामकिसन

भैरहवा । नेपाली काग्रेस रुपन्देहीले दलित बिभाग बिस्तार गरेको छ । काग्रेस रुपन्देहीका जिल्ला सदस्य रामकिसन बिश्वकर्माको संयोजकत्वमा दलित बिभाग बिस्तार गरेको हो । संयोजक बिश्वकर्माले बिभागलाई पुर्णता दिन जिल्लाका १७ जना दलित अगुवा तथा कार्यकर्तालाई सदस्यका लागि सिफारिष गरेका छन् । उनले पार्टि सभापति अब्दुल रज्जाक समक्ष सदस्यहरुको नामावली प्रस्ताव गरेका हुन् ।
बिश्वकर्माले प्रस्ताव गरेकाहरुमा बुटवलका गौतम कालिराज, मातृका प्रसाद गहतराज, भैरहवाका घाश्याम बिश्वकर्मा, रामनयन हरिजन, श्यामलाल धवल, सलुजा रामदाम, किरण लामगादे, तिलोत्तमाका रामबहादुर परियार, बिमल नेपाली, देवदहका सचिन बिक, सैनामैनाका शान्ति बिश्वकर्मा, मोहन बिक, मायादेविद गाँउपालिकाका हदृयराम हरिजन, गोर्कण बिश्वकर्मा, मोहनकुमार बिक, ओमसतिया गाँउपालिकाका दिपेन्द्र हरिजन, गैडहवा गाँउपालिकाका पानमति हरिजन रहेका छन् ।
पार्टि भित्रको दलित बिभागलाई बलियो र संगठीत बनाउनका लागि बिभाग बिस्तार गरिएको जनाईएको छ । कागे्रसको बिधान अनुसार बिभिन्न बिभागहरु गठन गर्ने क्रम चलेको छ ।
दलित बिभागको संयोजक भएसंगै बिश्वकर्माले काग्रेसको नीति, बिचार र सद्धान्त अनुरुप काम गर्ने बताए । उनले लोकतन्त्र, समाजबाद र राष्ट्रियताको मुलमनत्रलाई आत्मसात गर्दै दलित आन्दोलनलाई बलियो बनाउन लागि पर्ने उल्लेख गरे ।

 
 
  
 

You may also like