नमस्ते नेपालद्वारा कोरोना सम्बन्धी ५ हजार जनालाई सचेतना ( फोटो फिचर )

बुटवल। युवाहरुको सामाजिक संस्था नमस्ते नेपालले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

नमस्ते नेपाले रुपन्देहीको शंकरनगरमा कोरोना भाइरसको संक्रमण बाट जोगिनको लागि ५ हजार जनालाई सामाग्री वितरण गरि सचेतना कार्यक्रम सम्पन्न गरेको हो।

कोरोना भाइरसको विभिन्न अफवाह भ्रमित पार्ने जानकारीहरु आएको बेला जनतालाई सहि सुचना दिएर सु-सुचित गर्नु हामि युवाहरुको कर्तब्य ठानी हामीले यस काम गरेको नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न संघ संस्थाका सामाजिक ब्यतित्वहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको जानकारी दिइएको छ भने कार्यक्रमको संयोजक सरोज खनालले गर्नुभएको थियो।

अहिले सम्म विस्वभर कोरोना भाइरसको संक्रमण बाट मृत्यु हुनेको संख्या तीन हजार ८ सय २७ पुगेको छ । कोरोनाभाइरसको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ ।

 
 
  
 

You may also like