नेकपाका अध्यक्ष पुष्पकमल दाहाल माथि जुत्ता प्रहार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ताकेर जुत्ता प्रहार भएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आइतवार आयोजित पहिलो स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । यद्यपि जुत्ता प्रचण्ड रहेको मञ्चसम्म पुग्न भने पाएन ।

सम्बोधन सकेर प्रचण्ड फर्किने क्रममा उनलाई ताकेर जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार गर्ने व्यक्तिलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

पक्राउ परेका व्यक्तिको नाम खुलिनसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताउनुभयो ।

 
 
  
 

You may also like