सिद्धबाबामा फेरि पहिराे, एक जना घाइते

by समतल अनलाइन

बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटबल सडक खण्डको सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर एक युवा घाइते भएका छन् ।

तिनाउँ गाउँपालिका ३ सिद्धबाबामा ढुंगा खसेर लाग्दा लु १६ प ४६८६ नम्बरको मोटरसाईकलमा सवार गुल्मी रेसुङ्गा नगरपालिका ८ का ४८ वर्षिय महेन्द्र प्रसाद श्रेष्ठ घाईते भएका हुन् । घाईते श्रेष्ठको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like