सैनिक अस्पताललाई महानगरले दियो डेढ करोड

by समतल अनलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीरेन्द्र सैनिक अस्पताललाई डेढ करोड रुपैयाँ उपलब्ध गराएको छ ।महानगरपालिकाको सहयोगमा अस्पतालले गत ७ माघबाट हेमोडाइलाइसिस सेवा सुरु गरेको छ । सो सेवालाई दिगो बनाउन महानगरले एक करोड ५० लाख अनुदान दिएको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार सहायक रथी सागरबहादुर केसीलाई चेक हस्तान्तरण गरका हुन् ।

महानगरको अनुदानमा सञ्चालित हेमोडाइलाइसिस सेवा महानगरवासी र महानगरका कर्मचारीले निःशुल्क पाउने छन् । सेवा प्राप्त गर्नका लागि महानगरपालिकाको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्ने अस्पतालले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like