फागुन १४ गते शैक्षिक हड्ताल

by समतल अनलाइन

बुटवल । विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फागुन १४ गते संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्ताहरु गिरफ्तार गरेको विरोधमा देशव्यापी शैक्षिक आमहड्तालको आयोजना गरेको छ ।

यसक्रममा लुम्बिनी व्युरो अन्तर्गतका सबै जिल्लाका शैक्षिक संघसंस्थाहरु बन्द रहने आयोजकले बताएको छ । लुम्बिनी व्युरो अन्तर्गत नवलपुरबाट रुपा बुढा मगर, पाल्पा सारदा भन्डारी, रुपन्देहीबाट गोपाल रोक्का, कपिलवस्तु बिष्णु राउत, अर्घाखाँचीबाट नविन खड्का, नवलपरासीबाट सुशील परियारले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गर्दै जिल्लास्थित सबै शैक्षिक संस्थाहरु बन्द गर्न अनुरोध गरेका छन ।

ती सबै जिल्लाका अध्यक्षहरुले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सांगठनिक कामको सिलसिलामा रहेको बेला संगठनका अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरि राजनीतिक आस्थाकै कारण झुठा मुद्दा लगाएर गैरन्यायिक हिरासतमा राखिएको बताएको छ । उनीहरुको गैरन्यायिक गिरफ्तारी, धरपकड र झुठा मुद्दा खारेज गर्न र तत्काल रिहा गर्न शैक्षिक संस्था बन्द गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

 

 
 
  
 

You may also like