लियो क्लब अफ भलवारी सिटीको नेतृत्व विकास तथा उद्घोषण कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल। लियो क्लब अफ भलवारी सिटिले नेतृत्व विकास तथा उद्घोषण कार्यक्रम सम्पन्न गरेको छ। सुनगाभा रिसोर्ट भलवारीमा शनिवार भएको कार्यक्रममा १५० जना भन्दा बढी सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै यस्ता खालका कार्यक्रमले व्यक्तित्व विकास संगसंगै कुनै क्षेत्रमा लिड गर्न सक्ने क्षमता रहने अतिथिहरुले आफ्नो भनाई राखेका थिए।

लियो क्लबले विभिन्न्न सामाजिक कामहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाएको छ।दुर्गा गुरुङ , अब्दुस मिया र सार्ता श्रीसले प्रशिक्षण दिनुभएको थियो।

 
 
  
 

You may also like