गुल्मीमा एक युवा मृत अवस्थामा फेला

by समतल अनलाइन

गुल्मी। गुल्मीमा मोहन प्रसाद चुँदाली मृत अवस्थामा फेला परेका छन्। गुल्मीको दरवार गाउँपालिका ४ विरबासका ३२ वर्षीय मोहन प्रसाद चुंदाली शुक्रबार बिहान घर नजिकै मृत फेला परेका हुन्।

बिहिबार राति स्थानीय बिष्णु कंडेलसंग होटलमा संगै बसेका उनी बिहान मृत फेला परेपछि घटना थप रहस्यमय बनेको छ । बेलुका अवेरसम्म बिष्णु दाईलाई लिएर खाना खान आउँछु भनेर आफुलाई फोन गरेको श्रीमति सरस्वति चुँदालीले बताइन् । राति मोहन घर आएनन् । आफु निदाएपछि फोन नभएकोले बिहान मात्रै दुखद खबर सुनेको उनले बताइन् ।

बिहानै मोहन मृत अवस्थामा भेटिएपछि परिवार दिनभर शोकमा डुवेको छ । ‘बिहान बिस्तार छोडेकी थिइन्, वडा सदस्यले कसको शव छरे भन्दै उठाउन आएपछि हेर्न पुग्यौ,‘भाउजु मिना चुँदालीले भनिन्,‘देवरकै शव देखेपछि मुर्छा प¥यौ ।’ उनले चार बर्षदेखि बोलचाल बन्द भएका व्यक्तिसंग हिजोमात्रै बसेर खानपिन भएको र बिहान घटना घटेकाले हत्या बाहेक अरु केहि नहुने बताइन् । प्रहरीले अनुसन्धानको लागि कडेलसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘अहिले केहि भन्ने अवस्था छैन, दुई जना नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ,’जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिह खड्काले भने,‘परिवार बोलाएर जाहेरी लिने र शबको पोष्टमार्टम गर्न पनि बाँकीनै रहेको छ

।’ यातयात व्यावसायी समेत रहेका मृतक चुँदालीका श्रीमति, एक छोरा र छोरी रहेका छन् । मृतक चुँदालीको शब गुल्मी अस्पताल तम्घासको शब गृहमा राखिएको छ ।

 
 
  
 

You may also like