महाशिवरात्रि २०७६ : रुपन्देही लगायत देशका शिव शक्ति पिठहरुमा भक्तजनहरुको घुइचो

by समतल अनलाइन

बुटवल। हिन्दु धधर्मालम्बीहरुको चाड महाशिवरात्रिमा रुपन्देही लगायत देशका शिव शक्ति पिठहरुमा भक्तजनहरुको घुइचो लाएको छ। पश्चिम नेपाल क्षेत्रकै धार्मिक आस्थाको रुपमा रहेको सिद्धबाबा मन्दिरमा हजारौं भक्तजनहरु आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विहान ४ बजेदेखि नै शिवको पूजाका लागि सिद्धबाबा मन्दिर पुगेका थिए । सिद्धबाबामा रुपन्देही, पाल्पा सहित छिमेकी जिल्ला र भारतबाट समेत भक्तजनहरु आउने गर्छन् । यसैगरि रुपन्देहीकै बुटवल नयाँगाउँमा रहेको मुक्तिनाथ धाममा पनि शिवको पूजाका लागि भक्तजनहरुको ठूलो भिड लागेको जनाइएको छ ।

पछिल्लो समय बुटवलका हिन्दु धर्माम्वलम्बीहरुको आस्थाको केन्द्रका रुपमा बुटवल ७ दीपनगरमा रहेको सिद्धेश्वर शिव मन्दिर सेवाश्रममा भक्तजनहरुको ठूलो घुइचो लागेको छ।

मन्दिर व्यवस्थापन सदिनुभयो । उहाले बुटवल दीपनगर, सुख्खानगर र रामनगर क्षेत्रका हिन्दु धर्मप्रति आस्थावान भक्तजनहरुका लागि शिव मन्दिर प्रमुख आर्कषणको केन्द्र बनेको बताउनुभयो ।

यो मन्दिरमा पनि भक्तजनहरु विहानैदेखि लाईनमा बसेर पूजा गरेका थिए । भक्तजनहरुलाई सहज रुपमा पूजा गर्ने वातावरण सहित प्रत्येक सहभागीहरुलाई प्रसाद समेत उपलब्ध गराइएको प्रचार प्रसार समितिका संयोजक विकास बस्नेतले बताउनुभयो। । उहाले बुटवल उपमहानगरभित्र रहेको श्री सिद्धेश्वर शिव मन्दिर सेवाआश्रम धार्मिक र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण भएकाले यसको प्रवद्र्धन र संरक्षणमा जुटेको बताए । यो मन्दिरमा शुक्रबार विहानदेखि साँझसम्म नै भक्तजनहरुको उल्लेख्य सहभागिता थियो ।

यसैगरि गुल्मीको रिडि, कपिलबस्तुको शिवगढी मन्दिर, तौलेश्वर मन्दिरमा शुक्रबार महाशिवरात्री मेला लागेको छ ।। प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने शिवरात्री पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका अन्य शिवालयहरुमामा बिहानैदेखि भगवान शिवको पूजा तथा आराधना गरेर मनाउने गरिन्छ ।

 
 
  
 

You may also like