आजको राशिफल : साउन ३२ गते, शनिबार

by समतल अनलाइन

वि.सं.२०७६ साल साउन ३२ गते । शनिवार । इस्वी सन् २०१९ अगष्ट १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि द्वितीया,३६ घडी ५५ पला ,बेलुकी ०८ बजेर २१ मिनेट उप्रान्त तृतीया । नक्षत्र शतभिषा,१८ घडी २८ पला,दिउसो १२ बजेर ५९ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग अतिगण्ड,२१ घडी १५ पला,दिउसो ०२ बजेर ०५ मिनेट उप्रान्त सुकर्मा । करण तैतिल,बिहान ०७ बजेर २० मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर २१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कुम्भ । काठमाडौँमा सूर्योदय ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३२ घडी ३८ पला । पञ्चक। रोपाइँ जात्रा। दथुसाय यलमतया। त्रिपुष्कर योग १२ बजेर ५९ मिनेटबाट बेलुकी ०८ बजेर २२ मिनेट सम्म । बैतडी गजुरमा बनारसी मेला समाप्ति। श्रावण मसान्त।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरू समयमा नबन्नाले मानसिक तनाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउने अधिक सम्भावना रहेको छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिस सँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरूले विशेष ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ भने उत्तम वस्त्र,मन पर्ने तथा विलासी बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आउने हुनाले आहार विहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनी सँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाई लखाईमा ध्यान नजाँदा अरूकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने जीवन साथी सँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक बस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) जीवनशैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनै पनि विवादमा सामेल नहुनु होला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । माया प्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गन्तव्य विहीन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भए पनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाइ सँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनु होला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाइकै पक्षमा हुनेछन् । पढाई लेखाई तथा प्रतिस्पर्धीमा तपाइकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय फलदायि रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक कारोबार गर्दा सचेत हुँनुहोेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको सिलसिलामा विदेश यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागि समय फलदायि रहनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

-ज्योतिषी गणेश काफ्ले ।

 
 
  
 

You may also like