जनउत्थान सामुदायिक लघुवित्तको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

by समतल अनलाइन

बुटवल।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को रुपन्देही जिल्लाको बुटवलमा आ.व. २०७६÷०७७ को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै नेपाल सरकारका सहसचिव, संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बीके ले लघुवित्त कार्यक्रमको माध्यमबाट वित्तीय पहुँचबाट बञ्चित, समाजमा पछाडी पारिएका वर्ग तथा महिलाहरुलाई आर्थिक रुपमा शसक्तिकरण गर्नका लागि पूर्ण रुपमा लाग्नु पर्ने, संस्थाको मूलभूत लक्ष्य तथा रणनीतिक योजना बमोजिमका कार्यहरुलाई पुनरबिचार गर्दै संस्थागत कार्यहरु अगाडी बढाउन कर्मचारीहरुलाई अभिप्रेरित गर्नुका साथै वित्तीय संस्थाको सफलता मुनाफा आर्जन गर्नु मात्र नभई वित्तीय पहुँचको माध्यमबाट समाजमा रहेको गरीवीको संख्या न्यूनिकरण गरी देशको आर्थिक समृद्धिको लागि योगदान पु¥याउनु पर्ने बताउनु भयो । उक्त कार्यक्रमको उद्घाटन सत्रमा सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्मा संस्थापक र्जज एभरेष्ट तथा प्रेम बराल लगायतको उपस्थिती रहेको थियो ।

समिक्षा बैठक कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्य अनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए । दोस्रो त्रैमास सम्ममा यस वित्तीय संस्थाले सदस्यहरुबाट जम्मा रु ४८,८५,६३,०१०।– बचत संकलन गरेको छ भने लगानीमा रहेको रकम रु १,४९,४४,८६,३९०।– तथा सञ्चालन मुनाफा रु ३,२३,१८,९२० ।– आर्जन गर्न सफल भएको छ उक्त मुनाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा करीव ५१ प्रतिशतले बृद्धि भएको हो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, संस्थाको केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली, सन्तोष रसाइली, शर्मिला वि.क., प्रकाश भण्डारी, सुशिला बुढाथोकी, मधु कुँवर, टोप बहादुर सुनार, चेत नारायण रिमाल लगायतले सुझावहरु दिनुभएको थियो ।

अर्ध वार्षिक समिक्षा बैठक समापन समारोहका प्रमुख अतिथी नेपाल राष्ट्र बैंक, लघुवित्त प्रर्वद्धन तथा सुपरीवेक्षण विभागका प्रमुख डा. प्रकाश कुमार श्रेष्ठ ले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको अधिनमा रही नेपालमा स्थापित लघुवित्त कार्यक्रमको अवधारणा अनुसार वित्तीय सेवाको माध्यमबाट समाजमा आर्थिक रुपान्तरणको लागि कार्य गर्नु पर्ने, कर्जा लगानी गर्दा कर्जा सदुपयोगिता लाई ध्यान दिनुपर्ने र संस्थामा कार्यरत कर्मचारीले शैक्षिक तथा व्यक्तिगत क्षमताको विकास गर्दै लग्नु पर्ने विषयमा जोड दिनुभएको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष बावुराम विश्वकर्माले सम्पूर्ण कर्मचारीहरुलाई सदैव संस्थाको हकहित र लक्ष्य प्राप्तिका लागि संस्थागत सुशासनलाई ख्याल गरी कार्यगर्न सुझाव दिनुभएको थियो । फागुन १ र २ गते चलेको अर्धवार्षिक समिक्षा बैठक वित्तीय संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

 
 
  
 

You may also like