नवलपरासीमा कार दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

by समतल अनलाइन

बुटवल। शनिवार बिहान नवलपरासीमा भारतीय नम्वर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । बिहान करिव ६ बजेको समयमा नवलपरासीको सुनुवल–३ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको युपी ३२ जेजे ३२५३ नम्बरको भारतीय कार आफै अनियन्त्रित भई पल्टिदा सवार आठ जना मध्ये एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा जिल्ला झिटक्या गाउँपालिका २ का ५५ बर्षीय रियाजुल मिया रहेको प्रहरीले जनाएको छ । नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाले अन्य ७ जनाको बुटवलको जेनस अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

 
 
  
 

You may also like