निर्मला हत्याकान्डबारे बोले प्रधानमन्त्री ओली

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदमा सरकारका उपलब्धिबारे जानकारी गराउने क्रममा निर्मला पन्त हत्याप्रकरणबारे पनि बोलेका छन् ।

उनले यो सरकारले पछिल्लो समय देशमा शान्ति स्थापना गर्न सहयोग गरेको र प्रत्येक नागरिकले शान्तिको सुरक्षा गरिरहेको बताएका हुन् ।

यही प्रसंगमा उनले निर्मला हत्याकाण्डबारे पनि आफ्नो धारणा राखेका हुन् । उनले निर्मला हत्याका वास्तविक दोषीले कुनै हालतमा पनि उन्मुक्ति नपाउने बताएका हुन् ।

बीचमा विभिन्न शक्ति लागेको र त्यसलाई फेर्न खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका हुन् ।

 
 
  
 

You may also like