थाहा पाउनुहोस यौन इच्छा घट्ने ७ कारण

by समतल अनलाइन

भनिन्छ, दम्पतीबीचको झगडा ओछ्यानबाट शुरु हुन्छ । अर्थात यौन जीवनले दाम्पत्यमा खास प्रभाव पार्छ ।

यौनले शारीरिक सन्तुष्टि दिन्छ, मानसिक तनाव कम गर्छ, साथसाथै दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । तर, यौन जीवनमा तगारो ल्याउने केहि तत्व हुन्छन् । के छन् हुन् ति ?

१. मद्यपान तथा धुम्रपान

नियमित रुपमा मद्यपान र धुम्रपान गर्नेहरुमा यौनरुची घट्ने गर्दछ । साथै यसले मानिसको कामोत्तेजना समेत कम गर्दछ । जसका कारण पार्टनरको यौन इच्छाको पर्वाह हुदैन । तसर्थ उत्कृष्ट यौन जीवनका लागि मद्यपान र धुम्रपान घातक मानिन्छ ।

२. चिन्ता एवम् तनाव

यदि कोहि मानिस बिहानदेखि बेलुकीसम्म ब्यस्त तथा भागदौडपुर्ण जीवन बिताइरहेको छ भने उसमा चिन्ता एवम् तनाव हुनु स्वभाविक हो । तर सेक्स जीवनका लागी यहि तनाव भातक बन्ने गर्दछ । यसले स्वास्थ्यका साथै यौनइच्छामा रुचि घटाउँछ ।

३. मोटोपन

आजकल धेरै मानिसको चिन्ताको बिषय हो, मोटोपन । मोटोपनले मानिसको यौन क्षमता घटाउने गर्दछ । नियमति व्यायम गर्ने र फिट शरीर हुनेहरुको तुलनामा मोटोपनका शिकार भएका मानिसले पुर्ण आनन्दका साथ यौनक्रिया गर्न सक्दैनन् । त्यसैले आफ्नो शरीरको अनावश्यक वजन घटाउन तर्फ ध्यान दिन आवश्यक छ ।

४. डिप्रेसन

कुनै पनि मानसिक रोग वा डिप्रेसन आफैमा राम्रो होइन । अझ यौन जीवनका लागी त यि रोग निकै घातक साबित हुन्छन् । डिप्रेसन भएका मानिसहरुमा यौनइच्छा नै हुदैन । यसले आफ्नो पार्टनरलाई हमेशा चिन्तित तुल्याउँछ । तसर्थ कुनै पनि मानसिक रोग भएमा त्यसको तत्काल उपचार गर्नु पर्दछ ।

५. उच्च रक्तचाप

आजकल धेरै मानिसमा उच्च रक्तचापको समस्या हुने गरेको छ । तर यौन जीवनका लागि उच्च रक्तचाप पनि घातक मानिन्छ । उच्च रक्तचाप हुनेहरुको यौनाङ्गमा राम्ररी रक्तसंचार हुन नपाउँदा यसले पर्याप्त कामोत्तेजना र इच्छा बन्न सक्दैन । उच्च रक्तचापको कारण रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । परिणाम, यौन इच्छा घट्दै जान्छ ।

६. गर्भनिरोधक औषधी

सन्तान जमान्तर बनाइराख्न वा अनेच्छुक गर्भ नरहोस् भन्नका लागी धेरै महिला गर्भनिरोधक औषधीको प्रयोग गर्दछन् । तर गर्भनिरोध औषधिले महिलाको टेस्टोस्टेरन लेभल कम गर्छ । जसले महिलालाई यौन इच्छा हुँदैन । यो औषधी एस्ट्रोजनले बनेको हुन्छ, जसलाई लामो समयसम्म सेवन गर्दा यौन जीवन खलबलिने खतरा हुन्छ ।

७. यौनबर्धक फल र खाद्यवस्तु

कतिपय अवस्थामा मानिसहरु यौन क्षमता बढाउन बिभिन्न प्रकारका फल र खाद्यबस्तु खाने गर्दछन् । तर यि औषधिले मानिसमा यौन क्षमता सक्रियता बनाए पनि इच्छा भने बनाउँन सक्दैन ।

तसर्थ यौनका लागी पहिलो आवश्यकता भनेको यौनइच्छा हो, जसलाई कायम राख्न बजारमा पाइने कुनै पनि खाद्यवस्तु वा फल खाएर यौनक्षमता बनाउने काम गर्नु हुदैन ।

 
 
  
 

You may also like