शुद्धोधनमा औद्योगिक ब्यापार मेला सुरु

by समतल अनलाइन

अर्जुन खत्री
फर्साटिकर । रुपन्देहीको फर्साटिकरमा प्रथम राष्ट्रिय शुद्धोधन कृषि ,पर्यटन तथा ब्यापार मेला सुरु भएको छ।फर्साटिकर ब्यापार संघको आयोजनामा कृषि,पर्यटन अौद्योगिक तथा ब्यापारको पुर्बाधार” भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवको बिहिवार नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्रीले उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै मन्त्री भुसालले फर्साटिकर ब्यापार संघले मेलाको आयोजना गरेर कृषि,पर्यटन ,रोजगारी र ब्यापारसङ्ग प्रत्यक्ष जोडेकोमा आयोजकलाइ धन्यवाद दिनुभयो।कृषिको उर्वरभूमि मधेसका जनतालाई कृषि उद्यमसँग जोडेर समृद्धि सरकारले योजना ल्याउन तयारी गरीरहेको बताउनुभयो । भौतिक विकासको तुलनामा कृषि क्षेत्रको विकास कम भएकोमा चिन्ता व्यक्त गर्दै अब किसानहरु एकजुट भएर कृषि उत्पादकत्व वृद्धि गरि कृषि क्षेत्रमा विकास गर्न सम्पुर्ण किसानहरुलाइ आग्रह गर्नुभयो।

कार्यक्रममा प्रदेश ५ का सांसदद्वय तुलसी चौधरी ,पुष्पा चौधरी र फर्साटिकर ब्यापार संघका पुर्व अध्यक्ष दामोदर पंगेनीले शुद्धोधन गाउपालिको कृषि,पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्न मेला प्रचारप्रसारको प्रभावकारी माध्यम बन्ने बताउनुभयो ।मेलाको मुख्य आकर्षणको रुपमा राष्ट्रिय ख्याती प्राप्त कलाकारको प्रस्तुति , फर्साटिकर डान्स आईडल प्रतियोगिता ,वडा स्तरीय भलिबल प्रतियोगिता, बाल उद्धान रहेकोे छ।

१३ दिन सम्म चल्ने महोत्सवको शुरक्षाको लागि सेक्युरिटी गार्ड ,नेपाल प्रहरी र विभिन्न स्थानमा सिसिटिभी जडान गरिएको छ।मेला अवलोकनका लागि ५० रुपैया टिकट मूल्य निर्धारण गरिएकोमा विद्यार्थीहरुका लागि ४० र अपांग,जेष्ठ नागरिकको लागि निशुल्क प्रबेशको व्यवस्था गरिए छ। राष्ट्रिय कलाकारहरुमा बद्री पङ्गेनी, प्रमोद खरेल,पशुपति शर्मा,कमला घिमिरे ,रमेशराज भट्टराई,दुर्गेश थापा,प्रकाश सपूत,ज्योति मगर,अमृत सापकोटा,खुमन अधिकारी, राम्जी खाड,पुस्कल शर्मा,हेमन्त शर्मा,अर्जुन कौशल,टीका सानू लगायतका ५ दर्जन बढी कलाकारको प्रस्तुति रहने छ।

महोत्सवको प्रबर्द्धकको रुपमा प्रदेश ५ उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय ,शुध्दाेधन गाउँ पालिका र विशेष सहयोगीहरुमा वडा नः३ र४काे कार्यालय तथा रुपन्देही ब्यापार संघ रहेको छ भने सहयोगिहरुमा बुटवल उपमहानगरपालिका,तिलोत्तमा नगरपालिका सैनाम‌ना नगरपालिका र सियारी गाउँ पालिका रहेको छ ।

 
 
  
 

You may also like