को बन्ला अबको आइजीपी ?

by समतल अनलाइन

काठमाडौं । प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालको कार्यकाल सकिन एक दिन मात्रै बाँकी छ ।

खनाल २०७४ फागुन २८ मा नेपाल प्रहरीको आइजीपी बनेका थिए । ३० वर्षे सेवा अवधिका कारण उनको कार्यकाल भोलि सकिदै छ । तर, भावी आइजीपी को भन्ने बारे अहिलेसम्म सरकारले निर्णय गर्न सकेको छैन् । खनालसँगैं १८ डीआइजी र तीन एआइजीले पनि अवकाश पाउँदैं छन् ।

त्यसैले खनालपछि नेतृत्वको दाबेदारमा वरिष्ठ तीन डीआइजी छन् । प्रदेश १ का ठाकुर ज्ञवाली, सूदुरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय ।
उनीहरुको ३० वर्षे अवधि असार २४ मा सकिने छ ।

तीनै जना वरियतामा क्रमशः १, २ र ३ नम्बरमा छन् । उनीहरु आइजीपी खनालका वैकल्पिक ब्याची हुन् । सामान्य अवस्था र स्वभाविक नेतृत्व चयन प्रणलीमा हो भने वरिष्ठ एआइजी नै आइजीपी हकदार हो । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like