70
काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचना बमोजिम १२ दिनभित्र छोड्नु पर्ने भएको छ ।
नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिक रुपमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरुपमा खाली गर्न प्रेरणालर्य सूचित गरेको थियो ।
सो मिति सकिन अब १२ दिन मात्र बाँकी छ । सार्वजनिक रुपमा सूचना प्रकाशित गरेपछि प्रेरणाले आफूलाई ट्रस्टको कार्यालयले हटाउन खोजेको उल्लेख गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् । नेपाल समाचारपत्र दैनिकबाट