काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीइ मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको भएपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
विभागले आज पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २६ गते (आइतबार)
दिउँसोः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।
रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २७ गते (सोमबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ।
रातिः देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य र पूर्व पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २८ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
रातिः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।