नेकपा केन्द्रीय सदस्यमा शिवमाया मनोनित

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निवर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । उपसभामुख पदबाट राजिनामा दिन लगाएको नेकपाले तुम्बाहाङ्फेलाई नेकपा केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

हिजो (मंगलबार) बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यसैबीच नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजेदेखि सुरु हुँदैछ । आज बस्ने केन्द्रीय समितिको बैठकमा शिवमायाले पनि सहभागिता जनाउन पाउने छिन् । तत्कालिन एमालेको केन्द्रीय सदस्य तुम्बाहाङ्फेले उपसभामुख भएपछि पार्टीको सदस्यता त्यागेकी थिइन् ।

 
 
  
 

You may also like