रुपन्देहीको रोहिणीमा ३ वटा ट्रक जुद्दा ३ को मृत्यु ९ घाइते

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ । भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको हो ।

रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भैरहवादेखि परासी तर्फ जादै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रकआज बिहान पौने ७ बजेतिर जुधेका हुन् ।

तराइमा बाक्लो हुस्सु र कुहिरोले सडक दुर्घटना बढाएको हो । मृत्यु भएकाहरुको सनाखत भएको छैन घाइते ९ जना मध्ये ४ जनाको अवस्था गम्भिर छ ।
घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक केशव ज्ञवालीले जानकारी दिए।

 
 
  
 

You may also like