प्रेरक प्रसंग

by समतल अनलाइन

१. तपाईंहरु एउटा कठिन काम गर्नको लागी एउटा अल्छी मान्छेलाई चुनुहोस किनकी त्यो अल्छी मान्छे त्यो कामलाई गर्ने सजिलो उपाय खोज्छ ।

२. गरिब भएर जन्मनु तपाईको गल्ती होईन तर गरिब भएर नै मर्नु तपाईको गल्ती हो ।

३. यदि तपाई यसलाई राम्रो बनाउन सक्नुहुन्न भने, केवल यस्तो त बनाउनुस कि त्यो राम्रो देखियोस ।

४. तपाईले आफुलाई कसैसँग तुलना नगर्नुस किनकी यदी यस्तो गर्नुहुन्छ भने तपाईले आफ्नो बेईज्जती आफै गरिरहनुभएको छ ।

५. धेरै ठुलो सफलता हासिल गर्न, तपाईले कहिलेकाही धेरै ठुलो जोखिम उठाउनुपर्दछ ।

६. धेरैजसो मान्छेहरू यसको बारेमा धेरै बढी सोच्छन कि १ बर्षमा के गर्न सक्छन तर यसको बारेमा धेरै कम सोच्छन कि १० बर्षमा के गर्न सक्छन ।

७. जब म सानो थिए, तब मेरा धेरै सपना थिए, र मलाई लाग्छ कि ति मध्ये धेरैजसो पुरा भईसके किनकि मलाई धेरै पढ्ने मौका मिल्यौ ।

८. जिउनको लागी त एक पल पनि अत्यन्त हुन्छ तर भर पर्छ तपाई कसरी जिउन चाहनुहुन्छ ।

९. तपाई आफ्नो जिन्दगीको लागी केही गर्न सक्नुहुन्न तर तपाई यसलाई मुल्यवान बनाउनको लागी केही अवश्य गर्न सक्नुहुन्छ ।

१०. जिन्दगी दिन काट्नको लागी होईन, कुनै महान काम गर्नको लागी हो ।

११. यदी केही गर्न वा बन्न चाहनुहुन्छ भने सबभन्दा पहिले लक्ष्य लाई निर्धारण गर्नुहोस, अन्यथा जिन्दगीमा चाहेको उपलब्धी पाउन सक्नुहुन्न ।

१२. मानिस एक्लै जन्मिन्छ र एक्लै मर्छ पनि र उसले गरेका असल र खराब कामहरूको परिणाम एक्लै स्वर्ग वा नरक पनि जान्छ ।

र यो पनि पढ्नुहोस

आब्राहम लिंकनसँग एकपटक सोधियो – ‘तपाई साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नुभयो ?’

लिंकनले मुस्कुराउदै भने, -‘मैले आफ्नो जीवनमा पाइला पाइलामा परिक्षा लिएँ, हरेक असफलताबाट केही कुरा सिकें । सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै गएँ । यस प्रकार एउटा साधारण मानिसबाड म राष्ट्रपति बनें ।’

‘सफलताको सूत्र पुस्तकका पन्नामा होइन मेहेनतमा हुन्छ ।’ – अब्राहम लिंकन

अब्राहम लिंकनको जवाफ

अब्राहम लिंकनका एक परममित्रले समाचारपत्र देखाउँदै भने, ‘हेर्नुस् अन्य मानिसहरू तपाईंको कति आलोचना गर्छन् । तपाई यसको प्रतिवाद किन गर्नुहुन्न ?’

लिंकनले बडो धैर्यले संक्षिप्त जवाफ दिए, ‘साथी वादप्रतिवादको चक्करमा म परिरहेभने राष्ट्रको सेवा कहिले गर्नु ? यदि मेरो कार्यले जनताको भलो भयो भने आलोचकको मुख आफै बन्द हुन्छ, तर यदि मैले जनताको सुविधालाई ध्यान दिइन भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन ।’

नम्रताको प्रतियोगितामा अब्राहम लिंकनको स्थान

एक पटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकन आफ्नो साथीको घोडागाडीबाट कतै गइरहेका थिए । बाटोमा एक मजदुरले उनलाई केही झुकेर प्रणाम गर्यो । त्यसको जवाफमा लिंकनले पनि उसैगरि झुकेर प्रणाम गरे ।
यो देखेर उनका साथीले उनलाई सोधे, ‘तपाईले त्यो साधारण मजदुरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुपर्यो ?’

अब्राहम लिंकनले जवाफ दिए, ‘महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् ।’

यो सुनेर उनको साथीको शिर लाजले निहुरियो ।

 
 
  
 

You may also like