मृतक भारतीय पर्यटक सबैको पहिचान खुल्यो (नामसहित)

by समतल अनलाइन

काठमाडौं । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल पानोरमा रिसोर्टबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठजना भारतीय नागरिकको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रन्जित कप‚ ३४ वर्षीया इन्द्र‚ ३७ वर्षीय प्रविण‚ ३२ वर्षीया सरिया‚ ५ वर्षीय अभि‚ ७ वर्षीया चर्चना‚ ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्र रहेको प्रहरीले जनाएको छ । होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो ।

प्रहरीका अनु्सार उनीहरु सोमबार राति ९ बजे होटलमा आएका थिए । भारत केरालाका उनीहरु पोखराबाट दामन बा ३ क ३६८८ नम्बरको बस १५ जनाको समूहमा आएका थिए। उनीहरुले चारवटा रुम बुक गरेको प्रहरीले जनाएको छ। जसमध्ये मृतकहरु रहेको एउटा रुपमा हिटर बाली सुतेकोमा पाइएको थियो।

 
 
  
 

You may also like