काठमाडौं।जल तथा मैसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। देशको पश्चिमी भू-भागमा सामान्य बदली रहेको र अन्य भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको हो ।
महाशाखाले मंगलबार विहान जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज पश्चिमी वायुको प्रभावले मुलुकको पश्चिमी क्षेत्रका केही ठाउँमा सामान्य वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको हो । त्यसैगरी तराईमा हुस्सु र कुहिरो रहने जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ७ गते (मंगलबार)
दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातिः देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
माघ ८ गते (बुधबार)
दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।
रातिः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।
माघ ९ गते (बिहिबार)
दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।
रातिः देशको पूर्वी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उच्च हिमाली भेगका हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको साथै देशका अधिकांश भू-भागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।