चितवन दुर्घटना अपडेट : घाइते २ जनाको मृत्यु

by समतल अनलाइन

चितवन । शुक्रबार बिहान भरतपुर महानगरपालिका–१ रामनगरमा भएको दुर्घटनाका घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये १३ चिनियाँ पर्यटकको चितवन मेडिकल कलेज र आठजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ प्रहरीले जानकारी दिएको छ । दश घाइते सामान्य उपचारपछि फर्किएका छन् ।

नारायणगढतर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकमा पछाडिबाट आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बसले बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएको बस नजिकैको घरमा पुनः ठोक्किएको प्रहरीले बताएको छ ।

 
 
  
 

You may also like