विश्वकै होचा खगेन्द्र थापा मगरको निधन

by समतल अनलाइन

काठमाडौं । विश्वकै होचा व्यक्ति बाग्लुङका खगेन्द्र थापा मगरको मृत्यु भएको छ । थापा मगरको शुक्रबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । निमोनियाले बिरामी भएका थापालाई उपचारको लागि बिहीबार मणिपाल अस्पताल लगिएको थियो ।

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका थापा मगरलाई शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले जानकारी दिए ।

जन्मँदा ६०० ग्राम तौलका खगेन्द्रको तौल विश्व रेकर्ड राख्दा ५.५ किलोग्राम थियो । उनले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वरल्ड रेकर्ड’मा नाम लेखाएका थिए ।

 
 
  
 

You may also like