वर्षाका कारणले सैनामैना महोत्सवको माघ ३ गतेका सम्पूर्ण कार्यक्रम स्थागित

by समतल अनलाइन

सैनामैना। रुपन्देहीको सैनामैनामा सैनामैना उद्योग वाणिज्य संघ सैनामैनाले संचालन गरेको महोत्सव वर्षाले प्रभावित भएको छ । मौषममा आएको परिवर्तनले बिहिवारदेखि लगातर परेको पानीका कारण शुक्रबार तय गरिएका सबै कार्यक्रम स्थगित भएका छन् । लगातर परेको वर्षाका कारण मेलाका कुनै पनि कार्यक्रम गर्न संचालन गर्न नमिल्ने देखिए पछि शुक्रबारका सबै कार्यक्रम स्थगित गरिएको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक राजबहादुर क्षेत्रीले जानकारी गराउनु भयो ।

उहाँले मेलामा भोली शनिबारदेखि नियमित रुपमा कार्यक्रम सञ्चालन हुने बताउनुभयो । मेलामा वर्षातका कारण उद्योगी, व्यबसायी, तथा उपभोक्तालाई समेत पर्न गएको असुविधाले गर्दा प्रकृतिसँग कोही जुध्न नसक्ने हुदाँ एक दिनका लागि महोत्सवका सम्पूर्ण कार्यक्रम स्थागित गरिएको बताउनुभयो ।
रुपन्देहीको सैनामैनामा जारी चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव निर्माणाधिन बहुउद्देश्यीय रंगशालमा मुर्गियामा सञ्चालन गरिएको मेला माघ ६ गते सम्म चल्ने छ ।

 
 
  
 

You may also like