व्यवस्था परिवर्तन भए पनि चरित्र परिवर्तन नहुँदा विभेद कायमै : प्रदेश सांसद राना

by समतल अनलाइन

बुटवल, २७ साउन । प्रदेश नं ५ का प्रदेशसभा सदस्य बिरबहादुर रानाले मुलुकमा व्यवस्था परिवर्तन भए पनि राजनीतिक नेतृत्वको चरित्र परिवर्तन नभएका कारण सबै क्षेत्रमा रहेका बिभेद कायमै रहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २० औं स्थापना दिवसको अवसरमा फोनिज रुपन्देहीद्धारा सोमबार बुटवलमा आयोजित ‘संबैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरसंवाद तथा स्व. देवपाटा स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

कुनै समुदायका केहि व्यक्तिहरुले गलत गरे भन्दैमा सिंगो समुदाय वा दल बिशेषलाई लान्छीत गर्न नहुने भन्दै प्रदेशसभा सदस्य रानाले मुलुकका बिभिन्न क्षेत्रमा रहेका बिभेद र अतिवादको अन्त्य गर्न दलीय स्वार्थ भन्दा माथि उठेर अगाडी बढ्नु पर्ने आवस्यकता औल्याए ।
राजनीतिक दलहरुप्रति जनतामा बितृष्णा पैदा हुँदै गएको भन्दै उनले दलहरुप्रतिको बितृष्णा बढ्दै गए मुलुकको अवस्था थप भयावह हुनेतर्फ सचेत रहनुपर्नेमा जोड दिए ।

सबै किसिमका फुलहरु फुलबारी मात्रै सुन्दर देखिने भन्दै प्रदेशसभा सदस्य रानाले एउटै मात्र फुल फुल्ने फुलबारी सुन्दर नहुने बिचार व्यक्त गरे । समाजमा रहेका सबै वर्ग,समुदायको समान अस्थित्व स्विकार गर्नुनै लोकतन्त्रको सुन्दरता रहेको भन्दै उनले कसैले माग्ने र कोहि दाता जस्तो हुने व्यवस्थालाई लोकतन्त्र मान्न नसकिने बिचार व्यक्त गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापाको सभापतित्व र प्रदेशसभा सदस्य बिरबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष संकर गाहा, नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का सदस्य सरु राना, पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्य, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल,फोनिजका केन्द्रिय लेखा समिति सदस्य सुन्दर तरामु,पुरस्कृत व्यक्तित्व नरजङ्ग गुरुङ्ग, देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम बहादुर थापा,नेपाल आदिवासी जनजाति महासंघ बुटवलका अध्यक्ष अरुण श्रेष्ठ,नेपाल मगर संघ बुटवलका अध्यक्ष थर्क बारघरे,मानव अधिकारकालागि एकल महिला समूह रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठ,फोनिज रुपन्देहीका उपाध्यक्ष दिपु मगर,सदस्य मिन राना लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा लेखक तथा साहित्यकार नरजङ्ग गुरुङ्गलाई स्व.देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिउको थियो भने रेडियो जागरणमा कार्यरत पत्रकार टेकबहादुर मास्की राना, ईलुम्बिनी अनलाइनका सञ्चालक लोकनेश ढेँगा मगर, रेडियो समावेशीमा कार्यरत पत्रकार मिलन गाहा र पत्रकार कमल चौधरीलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like