सन्देशमुलक लघु फिल्म सन्त्रास को छायांकन धमाधम हुँदै

by समतल अनलाइन

सुदिप गौतम
बुटवल । पछिल्लो समयका व्यस्त निर्देशक दिपक परियारको निर्देशनमा सर्ट फिल्म सन्त्रासको छायांकन यतिबेला बुटवल आसपासमा धमाधम भैरहेको छ ।धुम्रपानले स्वास्थलाई हानि गर्दछ यसको सेवन गर्नुहुदैन भन्ने मूल संदेश सन्त्रासमा दिन खोजिएको छ ।धुम्रपान गर्दा गर्दै मृत्यु बरण गरेको र उसको आत्म पनि भद्किदै चुरोट सेवन नगर्न भनी आग्रह गरिएको निर्देशक परियारले समतल अनलाइनलाई लाई जानकारी दिएका छन ।

उक्त सर्ट फिल्ममा बिनय उदय,प्रेम कार्की,सपना परियार,बिष्णु पान्डे,सुदन गौतम सिड,सन्तोष सुबेदी ,सुदिप गौतम र बाल कलाकार बिश्वास पाण्डे को अभिनय हेर्न सकिनेछ ।चलचित्रको कथा सुदन गौतम सिड ले लेखेका हुन् ।साहायक छायांकनमा दुर्गा कुमाल रहेका छन ।उक्त सर्ट फिल्म छिट्टै प्रदर्शन हुने निर्देशक परियारले जनाएका छन । उक्त सर्ट फिल्म छिटै प्रदर्शनमा आउनेछ ।

 
 
  
 

You may also like