सैनामैना सुनचाँदी ब्यवसायी संघमा तिलकको नेतृत्व

by समतल अनलाइन

सैनामैना । सैनामैना सुनचाँदी व्यवसायी संघको प्रथम साधारण सभा तथा अधिबेशनबाट तिलक गहतराजको नेतृत्वमा १३ सदस्यिय समिति निबिर्रोध चयन भएको छ ।
जसको प्रथम उपाध्यक्षमा उत्तम कुमार सुनार, उपाध्यक्षमा निर्मल कुमार बिश्वकर्मा, रचिब रिजन गहतराज, सह–सचिब मनु सुनार, कोषाध्यक्ष श्रीधर गहतराज र सह–कोषाध्यक्षमा लक्ष्मण सुनार रहेका छन् ।
उक्त अधिबेशन बाट सदस्यहरुमा सुवास सुनार, गौतम गहतराज, गणेश सुनार,मुब्तिराम बि.क., बिष्णु प्रसाद सुनार गौतम रहेकचयन भएका छन् ।
सैनामैना सुनचाँदी ब्यवसायी संघका अध्यक्ष भुवनसिंह बराल, सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको उपस्थितीमा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख मनोज कुमार श्रेष्ठ, रुपन्देही सुनचाँदी ब्यवासयी संघका जिल्ला अध्यक्ष एम बि बिश्वकर्मा रुपन्देही सुनचाँदी ब्यवासयी संघका जिल्ला सचिब किशोर सेन्चुरी , सैनामैना ब्यापर संघका प्रथम उपाध्यक्ष दिपक चालिसे, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष माया ज्ञवाली, बाणगंगा सुनचाँदी ब्यवसायी संघका अध्यक्ष डिलबहादुर खाती लगायतले बोलेका थिए ।

 

 
 
  
 

You may also like