इनर ह्व्लि क्लव अफ बुटवलद्धारा २ दिने उद्घोषण तालिम सम्पन्न

by समतल अनलाइन

२७ साउन, बुटवल । इनर ह्व्लि क्लव अफ बुटवलद्धारा २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका वाड नम्बर ४ स्थिीत इनर ह्व्लि क्लव अफ बुटवलको भवनमा भएको उक्त तालिममा कार्यक्रमका प्रमुख अतिथि इनर ह्व्लि क्लव अफ बुटवलका पूर्व अध्यक्ष सरस्वती श्रेष्ठले विगतका वर्ष देखि नै उद्घोषण तालिम लिदै आएको र आगामी दिनमा पनि यस्ता किसिमका तालिम आवश्यक रहेको बताए।

त्यस्तै उनले प्रत्येक व्यक्तिमा विभिन्न क्षमताहरु भएता पनि संही ठाउँमा प्रस्फुटन गर्न नसक्दा यस्ता खालका कार्यक्रमको आयोजना गरेको बताएका छन । सो अवसरमा प्रमुख अतिथि सरस्वती श्रेष्ठले क्लवका सम्पूर्ण सदस्यहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।

२ दिने उद्घोषण तालिममा गोपाल अधिकारीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा इनर ह्व्लि क्लव अफ बुटवलका अध्यक्ष प्रमिला श्रेष्ठको अध्यक्षता, इनर ह्व्लि क्लव अफ बुटवलका पूर्व अध्यक्ष सरस्वती श्रेष्ठको प्रमुख आतिथ्यता, लुना श्रेष्ठको स्वागत र संचिव सानु श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिममा क्लवका २० सदस्यहरुको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like