तीन लाख २६ हजार रुपैयाँ घुससहित सहायक वन अधिकृत पक्राउ

by समतल अनलाइन

२७ साउन, कैलाली । तीन लाख २६ हजार रुपैयाँ घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीको साथबाट तीन लाख २६ हजार नगद बरामद गरेको हो ।

आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले भन्नुभयो, ‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले पाँच लाख ४५ हजार रूपैयाँ बैंकमा हाल्न भनेछन् ।

ठेकेदारले पैसा हालिदिएको भेटियो । अरु पैसा निकालेर खर्च गरिसकेका रहेछन् । हाम्रो टोलीले तीन लाख २६ हजार रूपैयाँ बरामद गरेको छ ।’

 
 
  
 

You may also like