शुक्रबार राति चार घण्टा चन्द्रग्रहण लाग्ने

by समतल अनलाइन

काठमाडौं।आउँदा शुक्रबार राति चार घण्टा चन्द्र ग्रहण लाग्ने भएको छ । राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यस्तो छाँया दुई प्रकारको हुन्छ, सघन र बिरल।

यदि चन्द्रमामा पृथ्वीको सघन छाँया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ। यो ग्रहण नाङ्गो आँखाले छुट्याउन भने नसकिने उनले बताए ।

वैज्ञानिकहरूलाई यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण रहेको उनले बताए।

 
 
  
 

You may also like