१८० जना सवार युक्रेनी विमान इरानमा दुर्घटनाग्रस्त

by समतल अनलाइन

काठमाडौँ। युक्रेन इन्टरनेशनल एयरलाइन्सको बोइङ ७३७ जहाज इरानको राजधानी तेहरानमा दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा १८० जना यात्रुहरु सवार रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इरानको इमाम खोमिनी एयरपोर्टबाट उडेको केही समयमा नै जहाजमा प्राविधिक समस्या देखिएसँगै दुर्घटनामा परेको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

 
 
  
 

You may also like