प्रदेश पाँचका क्याम्पस प्रमुखहरुको रूपन्देहीमा भेला

by समतल अनलाइन

बुटवल । आंगिक तथा प्राप्त क्याम्पसका क्याम्पस प्रमुखहरूका लागि हिजोदेखि शुरू भएको उच्च शिक्षा योजना तथा प्रशासन सम्वन्धी तालिमको उद्घाटन गर्देै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब अनुसन्धानमुलक शैक्षिक संस्थामात्रै केन्द्र वा प्रदेश स्तरमा हुनुपर्ने बताएका छन् ।

उनले शिक्षामा राजनीतिकरण भयो भनेर समस्या नदेखाउन र आफै समस्या समाधान गर्न पनि क्याम्पस प्रमुखहरूलाइ निर्देशन दिएका छन् । उनले राजनितिको नाममा स्वार्थ हावि हुँदा समस्या भएको बताउदै राजनिती विनाको शिक्षा परीकल्पना गर्न नसकिने बताए ।

क्याम्पस प्रमुख हरुको प्रशासनिक तथा व्यबहारीक तथा द्धन्द्ध व्यबस्थापनमा क्षमता अभिवृद्धी गरी पुनताजकिकरण गर्नका लागी शिक्षा बिकाश तथा अनुसन्धान केन्द्रले गरेको कार्यक्रमको उद्घाटन समारोहमा सांसद् सुजाता शाक्य, बोैद्द विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष इश्वर गोैतम, नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्दबहादुर थापा, महासचिव केशव शर्मा,प्रा.डा.आनन्दमान सिंह, रामलाल श्रेष्ठ,सुरेन्द्र गिरी, ताराप्रसाद उपाध्याय तिलोत्तमा नगर प्रमुख बाशुदेव घिमिरे लगायतले बोल्दै राज्यले खोज अनुसन्धान मा जोड दिनुपर्ने बताएका छन् ।

उनिहरुले सकारात्मक सोचका साथ शिक्षको सुधारमा अगाडि बढ्न आग्रह गरेका थिए । उनिहरुले स्थानिय र प्रदेशको शैक्षिक विकासका लागि खोज अनुशन्धानका आ–आफ्नै तहबाट गर्नु पर्नेमा जोड दिदै त्यस अनुसन्धाको जिम्मा विश्व विद्यालयको अनुसन्धान केन्द्रलाई दिनुपर्ने भन्दै कमभन्दा कम खर्चमा काम गर्न आफुहरु तयार रहेको बताए । भुटेको मकै खाएर काम गर्न तयार रहेकोे भन्दै अबसर दिन आग्रह गरेका थिए । कार्यक्रम इन्दीरा पन्तको सञ्चालन तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. सुरेन्द्र गरीको अध्यक्षतामा भएको थियोे ।

रूपन्देहीको तिलोत्तमा–१ मा रहेको द एस आर होटल मा शुरू प्रदेश ५ स्तरीय तालिम ५ दिनसम्म चल्नेछ । हिजोको तालिममा बिषय विज्ञहरु प्राध्यापक हरी उपाध्याय, प्रा डा हेमराज ढकाल प्रा डा मन प्रसाद वाग्ले प्रा।डा हरी उपाध्यायले सहजि करण गरेका थिए ।

कार्यक्रममा प्रदेश ५ का ४० वटा क्याम्पसका क्याम्पस प्रमुख विज्ञहरुको सहधागिता रहेको छ । आजको तालिममा प्राध्यापक डाक्टर मनप्रसाद वाग्ले डा.प्रमोद भट्र प्रा.डा बेदराज आचार्य डा. सुरेन्द्र गीरी प्रध्यापक पशुुपति अधिकारी श्रीधर लामिछानेले सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like